वि.सं.२०८३ वैशाख १९ शनिवार

धनुषाको बटेश्वरमा जग्गाको विषयमा विवाद, झडप हुँदा २ जना घाइते

khanepani

धनुषा । धनुषाको बटेश्वरमा झडप हुँदा २ जना घाइते भएका छन् । बटेश्वर गाउँपालिका वडा नम्बर ३ मा रहेको जग्गाको विषयलाई लिएर दुई पक्षबीच झडप भएको प्रहरीले जनाएको छ ।

गाउँपालिकाले नाप नक्सा गर्दा १९ धूर जग्गाको नक्सा कटाएको पाइएपछि रासलाल र सहदेव दासको परिवारबीच विवाद हुँदै आएको थियो । विवाद उग्र बनेर सोमबार झडप हुन पुगेको हो ।

सो झडपमा श्यामसुन्दर दास र रामनारयण दास घाइते भएको बटेश्वर प्रहरी चौकीले जनाएको छ । श्यामसुन्दरको टाउकोमा चोट लागेको छ भने रामनारायणको कन्चटमा चोट लागेको बटेश्वर प्रहरीले जनाएको छ ।

घाइतेहरुको उपचार जनकपुरधाम स्थित प्रादेशिक अस्पतालमा भईरहेको छ ।

घाइते श्यामसुन्दर दासले जिल्ला प्रहरी कार्यालय धनुषामा बटेश्वर गाउँपालिका सहित ४० वर्षिय रामकमल महतो, ३२ वर्षिय सुरेन्द्र महतो र २७ वर्षिय दिलीप महतोबिरुद्ध जाहेरी समेत दर्ता गराएका छन् ।

घटनामा संलग्न रहेको आरोपमा रामकमल र सुरेन्द्रलाई बटेश्वर प्रहरी चौकीले पक्राउ गरेको जनाएको छ ।

ranechhap