वि.सं.२०८३ भदौ ८ सोमवार

नारायणीको सतह खतराको तहतर्फ, सतर्क रहन आग्रह

khanepani

चितवन । नारायणी नदीको सतहले शनिबार बिहान सतर्कताको तह पार गरेको छ।

जल तथ मौसम विज्ञान विभागकाअनुसार देवघाट र नारायणगढमा गरिएको मापनमा नदीको सतह बढेर खतराको तह तर्फ उन्मुख भएको छ।

देवघाटमा ७.३ मिटरलाई सतर्कताको तह मानिएको छ। यहाँ नदीको सतह ७.५ मिटर नाघेको छ। ८ मिटरलाई खतराको तह भनिएको छ।

नारायणगढमा ११ मिटर सतहलाई सतर्कताको तह मानिएकोमा बढेर ११.२२ मिटरमा पुगेको विभागले उल्लेख गरेको छ।

चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले नदीको तह खतरातर्फ उन्मुख भएको भन्दै सचेत रहन आग्रह गरेका छन्। उनले नदी आसपासका क्षेत्रमा नजान सर्वसाधारणमा आग्रह गरेका छन्।

नारायणी नदी बढ्दा यसको असर पश्चिम चितवन र नवलपुर क्षेत्रमा पर्ने गर्छ। देशका पहाडी क्षेत्रहरुमा भएको वर्षाका कारण नारायणी नदीको सतह बढ्दै गएको छ।

ranechhap