काठमाडाै । एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको स्थायी कमिटी बैठक बोलाएका छन्।
तुल्सीलाल आमात्य भवन च्यासलमा ओलीले स्थायी कमिटी बैठक बोलाएका हुन्।
विधान अधिवेशन र ४ गते बस्ने केन्द्रीय कमिटी बैठकबारे छलफल गर्न स्थायी कमिटी बैठक बोलाइएको पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले बताए।
शुक्रबार पनि स्थायी कमिटी बैठक बसेको थियो। बैठकले १० बुँदे सहमतिलाई अनुमोदन गरेको थियो।
शुक्रबारको बैठक रोक्न वरिष्ठ नेता माधव नेपाल पक्षले आग्रह गरेको भए पनि ओली तयार भएका थिएनन्।








































