18, May, 2024

दैलेख जिल्लामा श्रीमतीद्वारा श्रीमानको हत्या

Bagmati Voice
संवाददाता
२ श्रावण २०७८, शनिबार १३:४६ | २ साल अगाडी

सुर्खेत । दैलेख जिल्लामा एक महिलाले आफ्नै श्रीमानको हत्या गरेकि छिन् ।

जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार साउन एक गते नारायण न.पा. ११ टाटामाकु डाडा टोल बस्ने बर्ष ३५ का खगेन्द्र मल्ललाई निजको श्रिमति बर्ष ३३ की सुसिला मल्लले घरमा भएको किला ठोक्ने काठको मुङग्रोले टाउकोमा हानि हत्या गरेको जाहेरी परेको थियो ।

सोही जाहेरिका आधारमा प्रहरीले सुशिलालाई नियन्त्रणमा लिएको छ भने घटना बारे थप अनुसन्धान गरिरहेको जिप्रका दैलेखले जनाएको छ ।

२ श्रावण २०७८, शनिबार १३:४६ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading