वि.सं.२०८२ कात्तिक ३० आइतवार

शुक्रबार थपिए कोरोनाका ५ सय ९४ संक्रमित, उत्यकामा एकैदिन १ सय १९ व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि

khanepani

काठमाडौं । शुक्रबार देशभर कोरोनाका ५ सय ९४ जना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका छन्। यीसहित हालसम्म संक्रमितको संख्या २५ हजार ५ सय ५१ पुगेको छ।

त्यस्तै विगत २४ घण्टामा २ सय ४० जना कोरोनाबाट निको भइ घर फर्किका छन्। यीसहित हालसम्म १७ हजार ७७ जना कोरोनाबाट निको भइ घर फर्किका छन्।

देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ९ सय १३ छ। विगत २४ घण्टामा ११ हजार ५ सय ७५ जनाको पिसिआर परीक्षण भएको छ।

त्यस्तै कोरोनाबाट हालसम्म मृत्यु हुनेको संख्या ९९ पुगेको छ। यसरी मृत्यु भएकामा पुरुष ७७ र महिला २२ छन्।

विगत २४ घण्टामा गरिएको परीक्षणका क्रममा मृतक थप ४ जनामा कोरोना पुष्टि भएको हो।

पर्सा, रौतहट, महोत्तरी र काठमाडौं जिल्लामा सक्रिय संक्रमितको संख्या ५-५ सयभन्दा बढी छ।

काठमाडौं उत्यकामा एकैदिन १ सय १९ व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि

काठमाडौं उत्यकामा एकैदिन १ सय १९ व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा उपत्यकामा १ सय १९ जनामा संक्रमण पुष्टि भएको जनाए।

संक्रमितमध्ये काठमाडौंका ८३, ललितपुरका ३० र भक्तपुरका ६ जना छन्।

उनीहरूको उपत्यकाका विभिन्न प्रयोगशालाहरूमा परीक्षण गरिएको हो।

आजैमात्र कोरोनाका ५ सय ९४ संक्रमित थपिएका छन्। यीसहित हालसम्म संक्रमितको संख्या २५ हजार ५ सय ५१ पुगेको छ।

त्यस्तै, ९९ जनाको कोरोना संक्रमणपछि मृत्यु भएको छ।