वि.सं.२०८३ वैशाख १९ शनिवार

पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीलाई हृदयाघात ,काठमाडौं ल्याउने तयारी

khanepani

पोखरा । पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीलाई हृदयाघात भएको छ । मेयर जिसीलाई शुक्रबार बिहान करिब ४ बजेको समयमा हृदयाघात भएको हो ।

अहिले पोखराकै मणिपाल अस्पतालमा मेयर जिसीको उपचार भइरहेको उनका प्रेस संयोजक माधव बरालले जानकारी दिए ।

मेयर जिसीको अवस्था अहिले सुधारोन्मुख भएपनि शरीरको दायाँ भागमा समस्या देखिएकाले थप उपचारका लागि काठमाडौं लैजाने तयारी गरिएको बरालले जानकारी दिए ।

ranechhap