वि.सं.२०८३ असार १७ बुधवार

दोब्बर कर असुल्न खोजेको भन्दै ठेकदारहरूले लमही नगरपालिका कार्यालयमा तालाबन्दी गरे

khanepani

काठमाडौं । दोब्बर कर असुल्न खोजेको भन्दै ठेकदारहरूले लमही नगरपालिका कार्यालयमा तालाबन्दी गरेका छन् । तालाबन्दीका कारण कर्मचारीहरु भित्रै थुनिएका छन् ।

उनीहरूले दुईवटा ताला नगरपालिका प्रशासनमा र एउटा मुख्य प्रवेशद्वारमा लगाएका छन् । वडा नम्बर ५ को वडा कार्यालयको प्रवेशद्वारमा पनि तालाबन्दी गरिएको छ । लमही नगरपालिकाका वडा नम्बर ६, ७ र ८ नम्बर वडाका सडक ग्राभेल गर्ने योजना अनुसार ठेक्का दिएको थियो । ठेकेदारहरुले रोल्पा, प्युठान लगायतका पालिकाका सप्लायर्सबाट ढुंगागिट्टी किनेर बाटो ग्राभेल गरेका थिए ।

त्यसको भ्याट बिल उनीहरुले नगरपालिकासमक्ष पेश गरे पनि कर्मचारीहरुले नगरपालिकाकै भ्याट बिल हुनुपर्ने भनेपछि तालाबन्दी गरिएको एकजना ठेकदारले बताए ।

उनले भने, राप्ती नदीको बगरबाट माल उठाउँदा प्रहरीले पक्रिन्छ भनेर हामीले रोल्पाको एक सप्लायर्सले डम्पिङ गरेर राखेको माल किनेर काम पूरा गर्यौं तर अहिले लमही नगरपालिकाकै भ्याट बिल चाहिन्छ भनेर डबल कर असुल्न खोजिएको छ ।

उनले यो काममा करिब ५०–६० लाख खर्च भएको पनि बताए ।

ranechhap