वि.सं.२०८३ वैशाख १९ शनिवार

काँग्रेस नेता गगनकुमार थापाले सर्वोच्च अदालतको फैसला कार्यान्वयनमा बाधा पुर्‍याउने मूर्खता कही कतैबाट नहोस् भन्दै सचेत गरे

khanepani

काठमाडौं । काँग्रेस नेता गगनकुमार थापाले सर्वोच्च अदालतको फैसला कार्यान्वयनमा बाधा पुर्‍याउने मूर्खता कही कतैबाट नहोस् भन्दै सचेत गराएका छन् ।

सोमबार सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन बदर गरी काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्दै परमादेश जारी गरेसँगै थापाले यस्तो बताएका हुन् ।

प्रतिनिधिसभा विघटन असंवैधानिक थियो, सर्वोच्च अदालतले व्याख्या गर्दै संविधानको रक्षा गरेको छ’, थापाले सामाजिक सञ्जालमा भनेका छन्, ‘अदालतको आदेश मन परेन भने असहमत हुन पाइन्छ तर अस्वीकार गरिँदैन। उत्तेजना, दम्भ र अहंकार बोकेर फैसला कार्यान्वयनमा बाधा पुर्‍याउने मूर्खता कतैबाट नहोस् भन्ने आशा गरौं। नत्र भिरबाट खस्नेलाई रामराम ।’

ranechhap