वि.सं.२०८३ वैशाख २१ सोमवार

सर्वोच्च अदालतले काँग्रेस सभापति शेरबहादुर देउवालाई दुई दिनभित्र प्रधानमन्त्री नियुक्त गर्न राष्ट्रपतिको नाममा परमादेश जारी

khanepani

काठमाडौं । सर्वोच्च अदालतले काँग्रेस सभापति शेरबहादुर देउवालाई दुई दिनभित्र प्रधानमन्त्री नियुक्त गर्न राष्ट्रपतिको नाममा परमादेश जारी गरेसँगै बूढानीलकण्ठमा खुसीयाली मनाइएको छ ।

देउवा निवासमा भेला भएका नेता कार्यकर्ताले देउवालाई बधाई दिँदै उनलाई फूलमाला लगाइदिएका छन् ।

देउवा बूढानीलकण्ठमा नेता कार्यकर्तासँग हँसमुख मुद्रामा देखिन्थे भने उनले कुनै प्रतिक्रिया भने दिएका छैनन् । देउवा निवासमा अदालतको फैसलासँगै चहलपहल बनेको छ ।

अदालतले एक साताभित्र प्रतिनिधिसभा बैठक बोलाउँदै प्रतिनिधिसभा विघटन बदर पनि गरिदिएको छ ।

ranechhap