वि.सं.२०८२ वैशाख १० बुधवार

काठमाडौंको बानेश्‍वर कात्यानी चोकबाट पेस्तोलसहित एकजना पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंको बानेश्‍वर कात्यानी चोकबाट पेस्तोलसहित एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धनुषा उपमहानगरपालिका – २ विधानगर टोल घर भइ काठमाण्डौ बसुन्धारा बस्दै आएका ३१ वर्षीय जय प्रकाश महतो रहेका छन् ।

काठमाडौं महानगरपालिका वडा नं – ३१ कत्यानी चोक ईलाकामा हतियार खरिद विक्री गर्न हिडिरहेको विशेष सूचनाको आधारमालाई महतोलाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) रमेश कुमार बस्नेतले जानकारी दिए ।

असार २३ गते पक्राउ परेका महतोलाई थप अनुसन्धानको लागि जिल्ला अदालत बबरमहलबाट ७ दिन म्‍याद थप गरेको प्रहरीले जनाएको छ ।