वि.सं.२०८३ वैशाख ६ आइतवार

घरमा आगो लगाइ ज्‍यान मार्ने उद्योग मुद्दामा फरार रहेका व्‍यक्तिलाई पक्राउ

khanepani

अर्घाखाँची । प्रहरीले घरमा आगो लगाइ ज्‍यान मार्ने उद्योग मुद्दामा फरार रहेका व्‍यक्तिलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भूमिकास्थान नगरपालिका – ३ का ३९ वर्षीय रबि भन्‍ने तुल बहादुर बन्जाडे रहेका छन् ।

बन्जाडेलाई जिल्ला अदालत अर्घाखाँचीले २०७३ साल वैशाख ७ गते आगो लगाइ ज्‍यान मार्ने उद्योग मुद्दामा ३ वर्ष १० महिना २८ दिन कैद सुनाएको थियो ।

भरतपुर महानगरपालिका वडा – ११ अमन चोकमा लुकीछिपी बस्‍दै आएका अवस्थामा उनलाई पक्राउ गरी जिल्ला कारागार कार्यालय अर्घाखाँचीमा चलान गरिएको प्रहरीले जनाएको छ ।

ranechhap