काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेडको सिइओमा मिलन शाक्य नियुक्त भएका छन । आज साँझ बसेको बोर्ड बैठकले शाक्यलाई चार वर्षका लागि नियुक्ती गरेको हो । अघिल्लो साता मन्त्रालयलका सहसचिव रितेश शाक्य संयोजक भएको लिमिटेडको सिईओ सिफारीस समितिले अर्जनबाबु ढकाल, डा.डिपि चापागाई र मिलन शाक्यलाई सिफारीस गरेको थियो । लामो रस्साकस्सीवीच आज मन्त्रालयका सहसचिव रमाकान्त दुवाडी अध्यक्ष भएको केयूकेएल वोर्ड बैठकले शाक्यलाई सिइओमा नियुक्ती गरेको हो ।
काठमाडौं उपत्यका खानेपानी लिमिटेडमा निर्णय क्षमता नभएका डरपोख लिमिटेडकै अवकाशका मुखमा पुगेका इन्जिनिएर शाक्य सिइओ नियुक्त भएका छन । मेलम्चीको पानी काठमाडौं वितरण गर्ने एक मात्र अप्रेटर संस्था केयुकेएलको प्रमुख शाक्य पाउनु संस्थाकै लागि र्दुभाग्यका रुपमा हेरिएको छ ।
आर्थिक चलखेलका आधारमा केयूकेएलको सिईओ नियुक्ती भएको आशंका उब्जाएको छ । सिफारीस समितिले सिफारीस गरेको लामो समय पछिमात्र लिमिटेडको वार्ड बैठक बसेर शाक्यलाई सिइओ नियुक्त गरिनुले पनि शंकाको ठाउ दिएको हो ।
शाक्य केयूकेएलको कामु सिइओमा नियुक्ती भएर आएको केहि दिनमा नै शाखा प्रमुखहरुलाई बोलाएर लाखौ रुपया असुलेर मन्त्रीको भोली भरेको आरोप पनि शाक्यलाई लागेको थियो । पछिल्लो पटक टैंकरको पानीको वील काण्डले मन्त्री र शाक्यको सम्बन्धमा केहि दरार उत्पन्न भएको थियो । तर, यसलाई मिलाउने कुनै जादूले काम गरेको केयूकेएलकै युनियनका नेताहरु बताएका छन ।
मन्त्री मगरले यस पटक मन्त्री पदलाई सिइओको पदसँग सपट लिएको भन्ने आरोप पनि लागेको छ । मिलन शाक्यले प्रधानमन्त्रीको सचिवालयका एक शाक्यको दवावकै कारण शाक्यलाई नियुक्ती गर्नु परेको केयूकेएल स्रोतले बताएको छ ।









































