वि.सं.२०८३ असार १६ मंगलवार

पछिल्लो २४ घन्टामा २१६९ जनामा कोरोना संक्रमण पुष्टि, २२ जनाको निधन

khanepani

काठमाडौं । शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा थप ४ सय १४ जना संक्रमित थपिएका छन्।

जसमध्ये काठमाडौंमा ३ सय ३, ललितपुरमा ६० जना र भक्तपुरमा ५१ जना संक्रमित थपिएका हुन्।

काठमाडौंमा ५३३५, भक्तपुरमा १०२४ र ललितपुरमा १३२३ गरी ७६८२ सक्रिय संक्रमित छन्।

पछिल्लो २४ घन्टामा २१६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घन्टामा १० हजार ४ सय १७ परीक्षणबाट उक्त संख्यामा संक्रमण पुष्टि भएको हो।

मन्त्रालयका अनुसार मुलुकभरमा ६५३० जनाको पिसिआर परीक्षणबाट १३५३ जनामा संक्रमण पुष्टि भएको छ भने ३८८७ जनाको एन्टिजेन परीक्षणबाट ८१६ जनामा पुष्टि भएको छ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १४३२ जना संक्रमणमुक्त भएका छन्।

यस्तै २२ जनाको ज्यान गएको मन्त्रालयले जानकारी दिएको छ।

ranechhap