काठमाडौं । पुर्वाञ्चल विश्वविद्यालयको विभिन्न संकायहरुको परीक्षा सरेको छ ।
विश्वविद्यालयले शुक्रबार सूचना जारी गर्दै परिस्थिति अनुकुल नभएको भन्दै असार ३१ गतेदेखि लिने भनेको परीक्षा साउन १० गतेका लागि को हो ।
परीक्षा नियन्त्रण प्रा.डा. सूर्यप्रसाद संग्रौलाद्वाराी जारी विज्ञप्तिमा भनिएको छ, ‘विज्ञान तथा प्रविधि, इन्जिनियरिङ, कला तथा शिक्षा शास्त्र संकायका विभिन्न सेमेष्टरका परीक्षाहरु मिति २०७८-०३-३१ गते देखि सञ्चालन हुने परीक्षा सञ्चालन गर्न अनुकुल नभएकाले मिति २०७८-०४-१० गतेदेखि सञ्चालन हुने व्यहोरा जानकारीका लागि सूचना प्रकाशित गरिएको छ।’







































