वि.सं.२०८२ वैशाख ६ शनिवार

एएफसी यू २३ च्याम्पियनसीप छनोटमा नेपाल ‘समूह बी’मा

काठमाडौं । एएफसी यू २३ च्याम्पियनसीप छनोटमा नेपाल ‘समूह बी’मा परेको छ ।
एसियाली फुटबल महासंघ (एएफसी) ले शुक्रबार सार्वजनिक गरेको ड्र अनुसार नेपाल वेष्ट जोनको ‘समूह बी’ मा परेको हो ।

यस समूहमा नेपालसँगै इरान, ताजिकिस्तान र लेबनान छन् ।

यस समूहको खेल ताजिकिस्तानमा हुनेछ । वेष्ट जोनका २३ राष्ट्रलाई ६ समूहमा विभाजन गरिएको छ । ५ समूहमा ४र४ टिम र एक समूहमा ३ टिम छन् ।
यस्तै इस्ट जोनका १९ टिमलाई ५ समूहमा विभाजन गरिएको छ ।

छनोट चरणका खेलहरु आगामी अक्टोबर २३ देखि ३१ सम्म आयोजना हुनेछन्।

एएफसी यू २३ च्याम्पियनसीप २०२२ जुन १ देखि १९ सम्म उज्वेकिस्तानमा आयोजना हुनेछ । नेपाल अहिलेसम्म अन्तिम चरणका लागि छनोट हुन सकेको छैन ।

छनोट चरणमा रहेका ११ समूहको विजेता र दोस्रो हुनेमध्ये उत्कृष्ट ४ टिम अन्तिम चरणमा छनोट हुनेछन् ।