वि.सं.२०८२ वैशाख १० बुधवार

अभिनेत्री जेनी कुँवर मृत फेला

काठमाडौँ । अभिनेत्री जेनी कुँवर मृत फेला परेकी छिन्।

प्रहरी अधिकारीका अनुसार अपार्टमेन्टमा झुन्डिएको अवस्थामा उनको शव फेला परेको हो। उनी सनराइज सिटीको अपार्टमेन्टमा बस्दै आएकी थिइन्।

निर्मात्री समेत रहेकी कुँवरले ‘जिन्दगानी’ मैदान, जीवनदाता, कानुन, अभिमन्यु, विन्तिपत्र, मलाई माफ गरिदेऊ लगायतका फिल्ममा अभिनय गरेकी थिइन्।