वि.सं.२०८२ माघ ३ शनिवार

देशभर थपिए १,८७५ कोरोना संक्रमित, २९ जनाको मृत्यु

khanepani

काठमाडौं । पछिल्लो २४ घण्टामा १ हजार ८७५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

५ हजार ३७४ पीसीआर परीक्षण गर्दा १ हजार २१८ जना र ५ हजार १३० एन्टिजेन परीक्षण गर्दा ६५७ गरी १ हजार ८७५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २९ जनाको मृत्यु भएको छ भने १ हजार २८६ जना निको भएका छन् ।