वि.सं.२०८३ वैशाख ३ बिहीवार

पाँच वर्ष कैद सजाय तोकिएका फरार प्रतिवादी पक्राउ

khanepani

काठमाडौं । पाँच वर्ष कैद सजाय तोकिएका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङको टोलीले घोराही उप–महानगरपालिका वडा नम्बर–१५ झिगौरा घर भएका ४१ वर्षीय वीरबहादुर चौधरीलाई पक्राउ गरेको हो ।

२०७५ माघ २९ मा जिल्ला अदालत दाङले उनलाई ज्यान मुद्दामा ५ वर्ष कैद सजाय तोकेको थियो ।
चौधरीलाई तनपुरस्थित झिगौराबाट पक्राउ गरिएको दाङका एसपी सुरेश काफ्लेले रातोपाटीलाई बताए ।
प्रहरीले उनलाई अदालतमा उपस्थित गराएको छ ।

ranechhap