काठमाडौं । नेपालमा लायन्स क्लब अन्तर्राष्ट्रिय खुलेको ५० वर्ष भएको छ ।
अगष्ट महिनाको ९ तारिखका दिन विराटनगरमा पूर्वप्रधानमन्त्री मातृकाप्रसाद कोइराला अध्यक्षतामा पहिलो पटक नेपालमा लायन्स क्लव खुलेको थियो । त्यसपछि नेपालमा लायन्स क्लवहरु खुल्ने क्रम निरन्तर बढी रहेको छ । नेपालमा लायन्स सदस्यहरुको संख्या करीव ३४,००० पुगेको छ भने नेपालमा करीव १४ सय लायन्स क्लवको संख्या रहेको छ ।
नेपाली लायन्सहरुले स्वर्ण जयन्ती धुमधासँग मनाउदै आएका छन । ५० औं वर्षको उपलध्यक्षमा भर्चुअलरुपबाट आयोजन गरिएको एक कार्यक्रममा लायन्स क्लबस् अन्तर्राष्ट्रियका द्वितीय अन्तर्राष्ट्रिय भाइसप्रेसिडेंट लायन डा. प्याटी हिल, पूर्व अन्तर्राष्ट्रिय प्रेसिंडेट लायन डा. नरेश अग्रवाल, नेपालका पूर्व अन्तर्राष्ट्रिय डाइरेक्टर लायन सञ्जय खेतान र मल्टिपल डिष्ट्रिक्ट ३२५ का काउन्सिल चेयर पर्सन लायन इन्द्र खत्री तथा लायन्स क्लबका अन्य विभिन्न पदाधिकारीहरुले नेपाल लगायत विश्वमा लायन्स क्लबहरुको भूमिका र भविष्यको विषयमा चर्चा गर्दैै नेपाली लायन्स सदस्यहरुलाई बधाइ दिएका थिए ।
उक्त कार्यक्रममा आफ्नो विचार प्रकट गर्दैै डिष्ट्रिक्ट ३२५ नेपालका डिष्ट्रिक्ट गभर्नर लायन डा. सुशिला मल्लले स्वर्ण जयन्तीको अवसरमा डिष्ट्रिक्ट ३२५ ए२ क्लबहरुलाई स्वर्ण जयन्ती झल्किने गरी कार्यक्रमहरु आयोजना गर्न आव्हान गरेकि थिइन । यसैगरी डिष्ट्रिक्टको पहल तथा क्लबहरुको सहयोगमा भक्तपुरको मुहानपोखरीमा लायन्स स्वर्ण जयन्ती स्तम्भ निर्माण, स्कूलका विद्यार्थीहरुबीच नेपालमा लायन्स क्लबको ५० वर्ष विषयक निबन्ध प्रतियोगिता तथा ५० वर्षको उपलक्ष्यमा विभिन्न क्लबहरुद्वारा विविध विषयमा ५० वटा कार्यक्रम जस्ता विभिन्न कार्यक्रमहरु तय गरिएको कुरा पनि डिष्ट्रिक्ट गभर्नर लायन डा. सुशि लामल्लले उक्तअवसरमा बताइन ।
स्वर्ण जयन्तीकै अवसरमा संस्थापक सदस्यहरु र तत्कालीन डिष्ट्रिक्ट ३२५ का पूर्व गभर्नरहरुलाई सम्मान् गर्ने क्रममा पूर्व डिष्ट्रिक्ट गभर्नरहरु लायन पंकजप्रधान र हरिशंकर निरौलालाई पनि सम्मान् गरिएको थियो भने उक्तदिन स्वर्ण जयन्तिको शुरुआतको अवसरमा विभिन्न लायन्स क्लबहरुले काठमाडौं लगायत भक्तपुर र अन्य स्थानहरुमा दीपावलीको आयोजना पनि गरेका थिए ।






































