काठमाडौं । काठमाडौं उपत्यकाभित्र निषेधाज्ञालाई जारी राखिएको छ।
असार ३१ गतेसम्म निषेधाज्ञा जारी रहेको प्रमुख जिल्ला अधिकारीहरूले बताएका छन्।
निषेधाज्ञामा सभा तथा सम्मेलन गर्न पाइने छैन। जोर बिजोर प्रणाली पनि हटाइएको ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले बताए।
अब अनुमति लिएर काठमाडौं उपत्यकाभित्र प्रवेश गर्न पनि सकिन्छ। काठमाडौं उपत्यकामा टेम्पो र माइक्रो बस पनि चल्ने भएको छ ।
यसअघि २५ सिटभन्दा माथिका बस मात्र चल्ने गरी निषेधाज्ञा थप गरिएकामा अब असार २२ देखि भने टेम्पो र माइक्रो बस पनि चल्ने भएका हुन् ।