वि.सं.२०८२ वैशाख ९ मंगलवार

अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता गराउने प्रयास

काठमाडौं । नेकपा एमालेका दोस्रो तहका नेताहरुले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता गराउने प्रयास गरेका छन् ।
दुई नेता आ–आफ्नो अडानमा रहँदा पार्टी फुटतर्फ उन्मुख भएपछि दोस्रो तहका नेताहरुले सम्वाद गराउन प्रयास गरेका हुन् ।

आइतबार विहान ओली पक्षका नेताहरु सुवास नेम्बाङ, विष्णु पौडेल र शंकर पोखरेल नेता नेपालको निवास पुगेका थिए ।
नेपाल पक्षका नेता घनश्याम भुसाल पनि उपस्थित भए ।

नेताहरुले नेपाललाई अध्यक्ष ओलीसँग भेटेर कुरा गर्न आग्रह गरेका छन् । माधवकुमार नेपाल समूहका नेता घनश्याम भुसालले शनिबार पनि अध्यक्ष ओली र नेता नेपालबीच टेलिफोनमा कुराकानी गराएका थिए । तर कुनै सहमति भएको छैन ।