काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले माधव नेपाललाई फोन गर्दा पनि बेवास्ता गरेको गुनासो गरेका छन् ।
पार्टीको केन्द्रीय कमिटी बैठकमा धारणा राख्दै ओलीले बिहीबार आफूले नेपाललाई फोन गरेको जानकारी दिएका हुन् ।
हिजो मैले माधव नेपाललाई फोन गरेँ । भेटौँ, पार्टी एकताका लागि कुरा गरौँ भनेँ । तर, उहाँले भेट्न मान्नुभएन,’ उनले भने, उल्टै तपाईंको टेलिफोन उठाउँदिन भनेको तैपनि उठाएँ भन्ने जवाफ आयो ।
उनले आफू एकताका लागि तयार नै रहेको तर विपक्षीसँग गठबन्धन गर्न खोज्ने, विपक्षी नेतालाई प्रधानमन्त्री बनाउन खोज्ने र पार्टी कमजोर बनाउन खोज्ने क्रियाकलाप जारी राख्दा कसरी हुन्छ पार्टी एकता ?’ भन्दै प्रति प्रश्न गरे । यसमा त अध्यक्ष त के अध्यक्षको हजुरबुवाले पनि सक्दैन,’ ओलीको भनाइ थियो ।