वि.सं.२०८२ वैशाख ६ शनिवार

मादक पदार्थ सेवन गरी घरमा राखेको मोटरसाइकलमा आगजनी गर्ने दुईजना प्रक्राउ

भोजपुर । मादक पदार्थ सेवन गरी घरमा राखेको मोटरसाइकलमा आगजनी गर्ने दुईजना प्रक्राउ परेका छन्। भोजपुर नगरपालिका– ९ पानीट्याङमा स्थानीय सन्जु तामाङको घरको आँगनमा राखेको ८४ प ५२१४ नम्बरको मोटरसाइकलमा आगजनी गर्ने ३३ वर्षीय लाक्पा शेर्पा र ३० वर्षीय पासाङ शेपालाई जिल्ला प्रहरी कार्यालय भोजपुरले पक्राउ गरेको हो।

मादक पदार्थ सेवन गरेका उनीहरु आगजनीपश्चात् फरार रहेकोमा लुकेर बसेको अवस्थामा बुधबार राति नियन्त्रणमा लिइएको प्रहरीले बताए ।
पक्राउ परेको उनीहरूलाई जिल्ला अदालत भोजपुरबाट म्याद थप गरी अनुसन्धान थालेको प्रहरीको भनाइ छ।