वि.सं.२०८३ असार १४ आइतवार

उडान शुरू भएसँगै विमानस्थलमा पनि चहलपहल बढे

khanepani

काठमाडौं । कोरोनाको दोस्रो लहरसँगै सरकारले गरेको निषेधाज्ञापछि बन्द भएको आन्तरिक उडान आजदेखि खुलेको छ । वायुसेवा संचालक संघका अनुसार शुरूआतमा दैनिक ६४ उडान हुनेछन् ।

आन्तरिक उडान खुलेसँगै देशका विभिन्न भेगबाट यात्रुलाई काठमाडौं हवाई मार्गबाट आवतजावतमा सहज भएको छ ।
यात्रुहरूका लागि फेसशिल्ड, मास्क र स्यानिटाइजरल एवं विमान संचालकहरूलाई स्वास्थ्य सुरक्षाका मापदण्डलाई अनिवार्य गरिएको छ ।

उडान शुरू भएसँगै विमानस्थलमा पनि चहलपहल बढेको छ । कोरोना संक्रमणको जोखिम कायमै रहेको भन्दै यात्रुका आफन्तलाई स्वागत वा बिदाईमा एयरपोर्ट परिसर नआइदिन विमानस्थल प्रशासनले अनुरोध गरेको छ ।

ranechhap