काठमाडौं ः काठमाडौंको अनामनगरस्थित सिंहदरबारको पूर्वी गेटनजिकै हाम्रो टिम नेपालले खाना बनाउन प्रयोग गरेको सार्वजनिक जग्गा खाली गरिएको छ।
काठमाडौं महानगर प्रहरी र नेपाल प्रहरीको टोलीले सार्वजनिक जग्गा सोमबार खाली गराएको हो। प्रहरीले सार्वजनिक जग्गाको प्रयोग गरेको भन्दै टिमका केहीलाई नियन्त्रणमा समेत लिएको छ।
हाम्रो टिम नेपालले निषेधाज्ञामा सबै काम बन्द हुँदा खान नपाएकाहरूलाई नि ः शुल्क खाना खुवाइरहेको थियो। त्यही खाना खुवाउनको लागि प्रयोग गरिएको सार्वजनिक जग्गा अहिले खाली गराइएको हो।
हामी सरकारी जग्गामा खाना बनाइरहेका थियौं। सरकारी जग्गामा बस्न त पाइएन। तर हामीले लकडाउनपछि गरौं भनेका थियौं, हाम्रो टिम नेपालका बब्लु गुप्ताले भने, त्यसैले त्यहाँको संरचनाहरू नगर प्रहरी र प्रहरीले मिलेर भत्काएको हो। हामीलाई वडा कार्यालयले चाहिँ बस्न भनेको थियो। तर मेयर र स्थानीयहरूले उठेरहरू जानू भनेपछि लगिएको हो।
प्रहरीले हाम्रो टिम नेपालका संयोजक विमल पन्तलगायत २३ जनालाई नियन्त्रणमा लिएको छ। उनीहरूलाई नगर प्रहरी कार्यालयमा राखिएको परिसरले जनाएको छ।







































