वि.सं.२०८३ वैशाख १६ बुधवार

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समुहका केन्द्रीय नेताहरूको आज छलफल

khanepani

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफू निकट केन्द्रीय नेताहरूको छलफल बोलाएका छन्।

शुक्रबार दिउँसो २ बजे दियालो फुडल्याण्ड बसुन्धारामा बैठक बस्न लागेको छ।

पौडेलका स्वकीय सचिव चिरञ्जीवि अधिकारीले आज बैठक बस्ने जानकारी दिए।

कांग्रेसको महाधिवेशन नजिकिएपछि पौडेलले भेला बोलाएका छन्। भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा कांग्रेसको १४ औं महाधिवेशन छ।

यसअघि सभापति शेरबहादुर देउवाले आफूनिकट सातै प्रदेशका केन्द्रीय सदस्यहरूसँग छलफल गरेका थिए। सभापतिमा एक कार्यकाल फेरि दोहोरिने पक्षमा सभापति देउवा छन्।

वरिष्ठ नेता पौडेल पनि सभापति उठ्ने तयारीमा छन् तर उनले आफ्नो समूहमा छलफल गरेपछि मात्रै औपचारिक रूपमा घोषणा गर्ने बताइरहेका छन्।

आफ्नो समूहबाट आफू वा अरू कोही एक जना मात्रै सभापतिको उम्मेदवार हुने पौडेलले बताउने गरेका छन्।

ranechhap