काठमाडौं। एक दलित युवतीलाई आफ्नो घरको कोठा भाडामा नदिएको आरोपमा पक्राउ परेकी सरस्वती प्रधान रिहा भएकी छन् ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमख एसएसपी अशोक सिंहले सरकारी वकिलको आदेशमा हाजिरी जमानीमा छोडिएको बताए ।
उनलाई प्रहरी वृत्त, सिंहदरबारले तीन दिनअघि पक्राउ गरेको थियो । पीडित रुपा सुनारको जाहेरीका आधारमा उनलाई छुवाछुत सम्बन्धी ऐनअनुसार कारबाही प्रक्रिया अघि बढाइएको थियो ।
‘थप अनुसन्धानका लागि मिसिल सिंहदरबार वृत्तमा पठाइएको छ,’