काठमाडौं । कांग्रेस सभापति एवं प्रमुख विपक्षी दलका नेता शेरबहादुर देउवालगायत विघटित प्रतिनिधिसभाका १४६ सांसदले दायर गरेको निवेदनमाथि संवैधानिक इजलासमा सुनुवाइ जारी छ ।
रिट निवेदकको तर्फबाट बहस गर्दै अधिवक्ता गोविन्द बन्दीले केही संवैधानिक प्रश्नको उत्तर खोजेका छन् । संसदमा विश्वास गुमाएको प्रधानमन्त्रीले पुन: त्यही पदमा दावी गर्न मिल्छ कि मिल्दैन ? भनी उनले प्रश्न गरेका छन् ।
राजनीतिक दलसम्बन्धी ऐनको भविष्यमा आकर्षित हुने व्यवस्थाको परीक्षण गर्ने अधिकारी राष्ट्रपतिलाई नभएको भन्दै बन्दीले भने ‘जुन प्रधानमन्त्रीलाई संसदले विश्वासको मत दिएन त्यो प्रधानमन्त्रीले त्यही संसद विघटन गर्न कसरी पाउँछ ?’