काठमाडौं । बिहीबार काठमाडौं उपत्यकामा अहिलेसम्मकै धेरैमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा उपत्यकामा ८६ जना संक्रमित थपिएको जानकारी दिए।
यो एकैदिन उपत्यकामा थपिएको धेरै संक्रमित हो। बुधबार उपत्यकामा ६२ जना संक्रमित थपिएका थिए।
आज थपिएका संक्रमितमध्ये काठमाडौंका ७५, ललितपुरका १० जना र भक्तपुरका एकजना छन्। उनीहरूको उपत्यकाका प्रयोगशालाहरूमा परीक्षण गरिएको हो।
बिहीबार देशभर भने ३ सय ६० संक्रमित थपिएका छन्। हालसम्म संक्रमितको संख्या २१ हजार ७ सय ५० पुगेको छ।
विगत २४ घण्टामा २ सय ३३ जना कोरोनामुक्त भई घर फर्किएका छन्। अहिलेसम्म कोरोनाका कारण ६५ जनाको मृत्यु भएको छ।






































