वि.सं.२०८३ वैशाख १७ बिहीवार

चीनले कोरोना भाइरसविरूद्ध आफ्ना नागरिकलाई लगायो १ अर्ब डोज खोप

khanepani

एजेन्सी । चीनले कोरोनाभाइरसविरूद्ध आफ्ना नागरिकलाई १ अर्बभन्दा बढी डोज खोप लगाइएको जनाएको छ।

चिनियाँ स्वास्थ्य मन्त्रालयले शनिबारसम्म १ अर्ब बढी डोज खोप लगाएको जानकारी दिएको हो।

१ अर्ब ४१ करोड जनसंख्या भएको चीनले गत डिसेम्बरदेखि आफ्नै देशमा उत्पादित खोप लगाउन सुरू गरेको थियो।

संसारभरि अहिलेसम्म २ अर्ब ५० करोड डोज कोरोना खोप लगाइएको छ। त्यसमध्ये चीनमा मात्रै ४० प्रतिशत डोज लगाइएको छ।

सुरूमा चिनियाँहरूले खोप लगाउन आनाकानी गरे पनि पछिल्लो समय दैनिक २ करोड जनासम्मलाई खोप दिइएको ग्लोबल टाइम्सले उल्लेख गरेको छ।

१ अर्ब डोजमध्ये अहिलेसम्म कति जनाले दुबै डोज लिएका छन् भन्ने खुलिसकेको छैन। चीनले आफ्नै देशमा उत्पादित खोप लगाइरहेको छ। चिनियाँ कम्पनीले उत्पादन गरेका खोप दुई डोज लगाउनु पर्ने खालका छन्।

चीनले यो वर्षको अन्त्यसम्म ७० प्रतिशत नागरिकलाई पूर्ण खोप लगाइसक्ने लक्ष्य राखेको छ।

ranechhap