काठमाडौं । मनाङको चामेमा राहत सामग्री लिएर गृह मन्त्रालयले हेलिकोप्टर पठाउन लागेको छ । तर प्रतिकुल मौसमका कारण नेपाली सेनाको एमआई–१७ हेलिकोप्टर उड्न सकेको छैन ।
गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालले होलिकोप्टरमा राहत सामग्री लिएर जाने बताए । उनले भने, ‘खाद्यान्न, टेन्ट लगायत पठाउने तयारी गरिएको छ । त्यहाँ पुगेर यही हेलिकोप्टर उद्दार कार्यमा पनि खटिनेछ ।
नेपाली सेनाका प्रवक्ता सन्तोष बल्लभ पौडेलले पनि हेलिकोप्टर तयारी अवस्थामा रहेको बताए । उनले भने, ‘उद्दार कार्यमा मनाङकै टोली खटिनेछ, यहाँबाट हेलिकोप्टर पठाउँदैछौं ।
मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेका अनुसार नासो गाउँपालिकाको कार्यालय भवन, इलाका प्रहरी कार्यालय, प्राइम र प्रभु बैंक रहेको भौतिक संरचनामा पनि क्षति पुगेको छ ।
अहिले प्रभावित क्षेत्रका वासिन्दा दुई समूहमा बाँडिएर सुरक्षित स्थानमा बसेका छन् ।