काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मनाङ र सिन्धुपाल्चोकमा बाढीपहिरोमा परेकाहरूलाई उद्धार गर्न माग गरेका छन्।
सभापति देउवाले आज ट्वीट गर्दै अविरल वर्षापछि मनाङ र सिन्धुपाल्चोकलगायत देशका विभिन्न क्षेत्रमा बाढीपहिरो तथा कटानले विकराल रूप लिएकोले उद्धारका लागि सरकारसँग माग गरेका हुन्।
उनले कांग्रेसका नेता तथा कार्यकर्तालाई बाढीपहिरोमा परेका जनताको उद्धारका लागि जुट्न पनि निर्देशन दिएका छन्।
‘विपदमा परेकालाई तत्काल उद्धार गरी सुरक्षित स्थानमा स्थानान्तरण गर्न र उनीहरूलाई राहत प्याकेज घोषणा गर्न माग गर्दछु,’ देउवाले भनेका छन्।
मंगलबार आएको बाढीले मनाङ र सिन्धुपाल्चोकमा क्षति पुर्याएको छ।