वि.सं.२०८३ वैशाख २३ बुधवार

ट्यांकर चालकले भोलिदेखि कोरोनाको खोप लगाउन पाउने, ढुवानी सेवामा अवरुद्ध हट्यो

khanepani

काठमाडौं । पेट्रोलियम पदार्थको ढुवानीमा भएको अवरोध हटेको छ । नेपाल आयल निगमले ट्यांकर चालकलाई कोरोनाविरुद्धको खोप व्यवस्था गर्ने निर्णय गरेपछि अवरोध हटेको हो ।

कोरोनाविरुद्धको खोप लगाउन नपाएका कारण आन्दोलित भएका ट्यांकर चालकले आइतबारदेखि पेट्रोलियम पदार्थको ढुवानी ठप्प बनाएका थिए । नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र कुमार पौडेलले ट्यांकर चालक संघले माग गरेको कोरोनाविरुद्धको व्यवस्था गरेर अवरोध हटाएको बताए ।

उनले बताए, ट्यांकर चालक संघले राखेको माग पुरा भएको छ । अब पेट्रोलियम पदार्थको ढुवानीमा भएको अवरोध हटेको छ । नेपाल आयल निगम र ट्यांकर चालक संघले बीच सहमति पत्रमा हस्ताक्षर भएको छ । खोप भने भोलिबाट लगाउन शुरु हुने भएको छ ।

नेपाल पेट्रोलियम ट्याङ्कर चालक संघका अध्यक्ष ईश्वर लामाले कोरोनाविरुद्धको खोप उपलब्ध हुने भएको बताए। ‘अब पेट्रोलियम पदार्थको ढुवानी सेवा आजबाट नै शुरु हुन्छ । चालक र सहचालकले भोलिबाट कोरोना विरुद्धको खोप लगाउन पाउने भएका छन् ।

हालसम्म ५० चालक र १३ सह चालक कोरोना संक्रमित भएका छन् भने ७ जनाको मृत्यु भइसकेको छ । थानकोट र अमलेखगन्ज गरेर झण्डै २२ सय चालक तथा सहचालकले खोप लगाउन बाँकी रहेको लामाले बताए ।

खोप लगाउन पाउने भएपछि अब ती चालक र सहचालक ढुवानी सेवामा फर्किने लामाले बताए । निगमका अनुसार भैरहवामा ६ सय, विराटनगरमा ६ सय, नेपालगञ्जमा २ सय ५० र चारआलीमा ६० जना चालक र सहचालकले कोरोनाविरुद्धको खोप लगाइसकेका छन् ।

चालकले आन्दोलन गरेको कारण काठमाडौं उपत्यकको केही अब पेट्रोल पम्पले पेट्रोल छैन भनेर बोर्ड नै राखेका थिए । भने केही पम्पले निरन्तर तेल दिइरहेका थिए ।

ranechhap