वि.सं.२०८३ वैशाख २२ मंगलवार

समय तोकेर प्रशासनले खोल्न दियो कैलालीमा सबै पसल

khanepani

कैलाली । कैलालीमा आज मंगलबार देखि सबै पसलहरू निश्चित समय तोकी खुलेका छन्।

जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा खुकुलो पारी आजदेखि सबै पसल सञ्चालन गर्न अनुमति दिएको हो।

जसमा खाद्य सामग्री, निर्माण सामग्री, हार्डवेयर, इलोक्ट्रिनिक, भाडा वर्तन, पुस्तक पसललगायत पसल बिहान ६ देखि ११ बजेसम्म सञ्चालन हुनेछन्।

यस्तै, वर्कशप कम्तीका ३ जना कर्मचारी राखेर बिहान ६ देखि बेलुकी ६ बजेसम्म सञ्चालन गर्न प्रशासनले अनुमति दिएको छ।

होटल रेष्टुरेन्ट, खाजा पसल बिहान ८ देखि बेलुकी ८ बजेसम्म सञ्चालन गर्न अनुमति दिएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए

पसलहरू खोल्दा स्वास्थ्य सुरक्षाका मापदण्ड अनिवार्य रूपमा पालन गराउनु पर्ने प्रशासनले जनाएको छ।

ranechhap