27, Apr, 2024

प्रहरी भ्यानको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

Bagmati Voice
संवाददाता
२८ जेष्ठ २०७८, शुक्रबार ११:२४ | २ साल अगाडी

रुपन्देही । दाङको राप्ती गाउँपालिका २ लालमटियामा प्रहरीको भ्यानले ठक्कर दिँदा एकजना मोटरसाइकल चालकको मृत्यु भएको छ ।

काठमाडौंबाट जिल्ला प्रहरी कार्यालय बाँके जाँदै गरिएको लु अ च ५३३४ नम्बरको प्रहरीको भ्यानले बिहीबार राति करिब १२ बजे भे १ प ८४२२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

मोटरसाइकल चालकको पहिचान खुलेको छैन । इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी प्रमुख प्रहरी निरीक्षक भुवन भट्टले मृतकको पहिचान खुल्न बाँकी रहेको बताए ।

मोटरसाइकल चालक करिब २५ वर्षका युवक हुन् । गाडीसँग ठोक्किएर मोटरसाइकल सडक छेउको बिजुलीको पोलमा ठोक्किएको प्रहरीको दावी छ ।

२८ जेष्ठ २०७८, शुक्रबार ११:२४ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading