वि.सं.२०८२ वैशाख ९ मंगलवार

सभामुख सापकोटाले आज शीर्ष नेताहरूसँग छलफल गर्दै, एमालेका अध्यक्ष तथा प्रधानमन्त्री सहभागि नहुने संकेत ?

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको बैठकमा प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली सहभागि नहुने भएका छन । सभामुखले आज संघिय संसदमा प्रतिनिधित्व गर्ने सबै दलका शीर्ष नेतालाई बोलाएको बैठक आज बस्दैछ।

समसामयिक विषयमा छलफल गर्न सभामुख सापकोटाले प्रमुख राजनीतिक दलका शीर्ष नेतासँग शुक्रबार छलफल गर्न लागेका छन्।

छलफलमा सहभागिताका लागि भन्दै दलका प्रमुख नेताहरूलाई सभामुखले पत्र नै पठाएका थिए।

सभामुख सापकोटाका सञ्चारविज्ञ श्रीधर न्यौपानेका अनुसार बैठकमा प्रधानमन्त्री ओली, पूर्वप्रधानमन्त्रीहरू र संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका नेतालाई बोलाइएको छ।

बैठक आज अपराह्न संघीय संसद् भवन नयाँ बानेश्वरको ल्होत्से हलमा बस्ने तय भएको छ। छलफलमा प्रधानमन्त्री ओली जानेरनजाने अहिले निश्चित भइनसकेपछि बालुटार स्रोतले भन्यो, ‘सम्भवत उहाँ जानु हुन्न ।’

प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गर्नुलाई सभामुख सापकोटाले संविधानअनुसार नमिल्ने भनेका थिए। सापकोटाले यसअघि पूर्वसभामुखहरू र कानुन व्यवसायीहरूसँग पनि छलफल गरेका थिए।