वि.सं.२०८३ वैशाख २५ शुक्रवार

लकडाउन बारे विज्ञ र विपक्षी दलका नेतासँग छलफल गर्दै प्रधानमन्त्री, छलफल जारी

khanepani

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउनके गर्ने भन्ने विषयमा छलफल गर्न जनस्वास्थ्यको क्षेत्रमा काम गर्ने विज्ञहरू र विपक्षी दलका नेताहरूसँग छलफल गरेका छन्।

कोरोना भाइरसबाट संक्रमितको संख्या बढेसँगै प्रधानमन्त्री ओलीले उनीहरूसँग छलफल गरेका हुन्। अहिले पनि बालुवाटारमा छलफल जारी छ। छलफलमा स्वास्थ्य क्षेत्रका विज्ञहरू, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलगायत उपस्थित छन्।

छलफलका लागि ओलीले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)मा रहेका मन्त्री, सचिव र अन्य विज्ञ तथा जनस्वास्थ्य क्षेत्रका विज्ञहरूलाई बोलाएका छन्।

यसअघि लकडाउन खुकुलो बनाउनुभन्दा पहिला पनि उनले विज्ञहरूसँग छलफल गरेका थिए।

‘वीरगञ्ज,काठमाडौं लगायतका ठाउँमा संक्रमण बढिरहेको छ। अब कसरी अघि बढ्ने भनेर छलफल गर्न लाग्नुभएको हो,’ स्रोतले भन्यो।
गत साउन ६ गते सरकारले लकडाउन अन्त्यको घोषणा गरेको थियो। लकडाउन अन्त्यको घोषणा गरे पनि संक्रमण बढ्दै गइरहेका ठाउँमा स्थानीय तहमा कहीँ निषेधाज्ञा गरिएको छ भने कहीँ लकडाउन गरिएको छ।

ranechhap