वि.सं.२०८२ वैशाख १० बुधवार

पछिल्लो २४ घण्टामा थप ४३४४ जनामा कोरोना संक्रमण, ८१ जनाको मृत्यु ५७६८ जना संक्रमणमुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकमा ४३४४ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार १२ हजार ७४ पीसीआर परीक्षणमा ३४४९ र ४५६८ वटा एन्टीजेन नमुना परीक्षणमा ८९५ संक्रमित थपिएका हुन् ।

पछिल्लो २४ घण्टामा भाइरस संक्रमणका कारण ८१ जनाको मृत्यु भएको छ । ५७६८ जना संक्रमणमुक्त भएका छन् ।

काठमाडौं उपत्यकाका तीन जिल्लामा ९१५ जना संक्रमित थपिएका छन् ।

सक्रिय संक्रमित संख्या ८० हजार ३३६ पुगेको छ । ४६ जिल्लामा ५०० भन्दा बढी संक्रमित रहेका छन् ।