वि.सं.२०८३ वैशाख ७ सोमवार

डा.संगीता मिश्राले भनिन्, ‘कुनै पनि बहानामा घरमा सुत्केरी गराउनु हुँदैन’

khanepani

काठमाडौं । कोरोना संक्रमणको दोस्रो लहर नियन्त्रणका लागि अधिकांश जिल्लामा निषेधाज्ञा जारी छ । निषेधाज्ञाको कारण यातायात ठप्प हुँदाको सिधा असर गर्भवतीहरुलाई पनि परिरहेको छ । यातायात नपाउँदा नियमित जाँचका लागि अस्पताल जान समस्या भएको छ ।

कतिपय गर्भवती भने अस्पतालमै संक्रमित भइने डरले नियमित परीक्षणमा गएका छैनन् । नियमित जाँच नगराउने गर्भवतीहरु कस्तो प्रशुती जोखिममा पर्छन् लगायत विषयमा नुनुता राईले परोपकार प्रसुती तथा स्त्रीरोग अस्पतालकी प्रमुख डा.संगीता मिश्रासँग गरेको संक्षिप्त कुराकानी

(कोभिड–१९) को दोस्रो लहरमा नियमित जाँच गर्न अस्पताल आउने गर्भवती संख्या कस्तो छ ?

कोभिडको दोस्रो लहरमा भन्दा पनि निषेधाज्ञापछि नियमित जाँचमा आउनेको संख्या आधा घटेको छ । सामान्य समयमा दैनिक छ देखि साढे छ सय जना आउने गरेकोमा अहिले घटेर तीन सय देखि साढे तीन सय जना आइरहनुभएको छ ।

बढी त निषेधाज्ञाकै कारण हो । निषेधाज्ञाले गर्दा यातायात ठप्प भएकाले धेरै जना नियमित जाँचमा अस्पताल आउन सक्नुभएको छैन । संक्रमित हुने डरले अस्पताल नआउनेहरु पनि छन् । गर्भवती आफैं वा परिवार डराएर अस्पताल नआएको जानकारी हामीलाई छ, जुन एकदमै गलत हो ।

सामान्य अवस्थामा पनि सकेसम्म जाँचका लागि अस्पताल आउनु राम्रो हो । अस्पताल जान नसकिने अवस्था हो भने नजिकैको स्वास्थ्य संस्था वा स्वास्थ्यकर्मीको परामर्श लिन जरुरी छ । आफ्नै हिसाबले म ठीक छु भनेर नियमित जाँच छुटाउन हुँदैन ।

आफूलाई केही असहज भएजस्तो लाग्दा वा समस्या हो कि भन्ने शंका भयो भने त झन् तुरुन्तै अस्पताल जानुपर्छ । स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर अस्पताल जानैपर्छ । यो समयमा एकदमै सावधानी अपनाउनुपर्छ । सानो लापरबाहीले अर्कै समस्यामा पार्न सक्छ ।

अवश्य छ । स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर हिँड्दा संक्रमणको सम्भावना न्यून हुन्छ । अस्पतालमा स्वास्थ्य सुरक्षा मापदण्ड अनिवार्य रुपमा पालना गरिएको हुन्छ । त्यसैले संक्रमित हुने डरले अस्पताल नजानु गलत हुन्छ । त्यो डर हटाउन म आग्रह गर्छु ।

हो, अस्पतालमा संक्रमितलाई पनि जाँच र सुत्केरी गराइरहेका छौं । संक्रमित गर्भवतीहरुका लागि आवश्यक सब कुरा अलग छ । स्वास्थ्यकर्मीको टिम नै छुट्टै छ । अस्पतालमा भाइरस सर्ने डर मनबाट निकाल्नुहोस् । जाँच गर्न, सुत्केरी हुन अस्पताल आउनुहुन फेरि अनुरोध गर्छु ।

केही अगाडिसम्म कोभिड संक्रमितको उपचार हुन्छ कि हुँदैन भनेर बढी सोधिन्थ्यो । आजभोलि अस्पताल खुला छ छैन, अन्य स्वास्थ्य समस्याको उपचार हुन्छ कि हुदैन भनेर सोधिन्छ । गर्भवतीको नियमित जाँच र प्रसुती सेवाबारे एकदम कम सोध्ने छन् ।

पहिलो कुरा त कुनै पनि कारण वा बहानामा घरमा सुत्केरी गराउनै हुँदैन । घरमा सुत्केरी गराउँदा आमा र शिशु दुवै स्वतः जोखिममा पर्छन् । सुत्केरी गराउने क्रममा आइपर्ने जुनसुकै अप्ठ्यारो हटाउने ठाउँ भनेकै अस्पताल हो । त्यसैले घरमा सुत्केरी गराउने गल्ती नगरौं ।

आजसम्म त्यस्तो दुखद् घटना सुन्न परेको छैन । मलाइ थाहा नभए पनि यस्तो घटना भइरहेको हुनसक्छ । यस्तो कुरा हत्तपत्त थाह पाइँदैन । यो पटक कोरोना संक्रामणबाटै धेरैको ज्यान गएको छ ।

सामान्य समयमा दैनिक ७० देखि ८० जना सुत्केरी गराउँथ्यौं । अहिले यो संख्या ५५–६५ छ । नियमित परीक्षणमा आउनेको तुलनामा सुत्केरी हुन आउनेहरुको संख्या बढी छ । यो अलिकति सन्तोष दिने कुरा हो ।

हामीकहाँ भर्ना भएका ११६ संक्रमित गर्भवतीमध्ये ६६ जनालाई सुत्केरी गरायौं । यीमध्ये ३८ जनालाई शल्यक्रियाबाट सुत्केरी गरायौं । ११६ संक्रमितमध्ये ४१ जना गर्भवती कोभिडको सामान्य उपचारबाट निको भए । ५८ जना एचडीयू र ६ जना आईसीयूमा हुनुहुन्छ ।

अहिलेसम्मका अध्ययनहरुले गर्भमा कोरोना भाइरस सरेको देखाएको छैन । प्रसुती र त्यसपछि भने सावधानी अपनाउन पर्छ । आमाले मास्क अनिवार्य लगाउने, एकदमै सफा हातले बच्चा समाउने लगायत स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्नुपर्छ ।

ranechhap