वि.सं.२०८३ वैशाख १० बिहीवार

माधव नेपाललाई भेटेलगत्तै प्रचण्ड पुगे देउवा निवास बूढानीलकण्ठ

khanepani

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एमालेबाट निष्कासनमा परेका नेता माधवकुमार नेपालसँगको छलफल सकेर कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा पुगेका छन् ।

प्रचण्ड र नेपालबीच करिव पौने एक घण्टा कोटेश्वरमा वार्ता भएको थियो । एमाले अध्यक्ष केपी ओलीले एमाले एकताका लागि आह्वान गरे लगत्तै प्रचण्ड र नेपालबीच आइतवार राति पनि छलफल भएको थियो ।

नेपाल आफ्नै समूहभित्र पनि दबाबमा रहेका बेला प्रचण्डसँग अदालतमा विचाराधीन मुद्दा र पार्टीको आन्तरिक विषयमा छलफल भएको बताइएको छ ।

नेपाललाई भेटेलगत्तै प्रचण्ड अहिले देउवासँग छलफलका लागि बूढानीलकण्ठ पुगेका छन् ।

ranechhap