वि.सं.२०८३ असोज ८ बिहीवार

डोल्पाको जुफाल विमानस्थलमा सीता एयरको जहाज दुर्घटना हुनबाट जोगियो, पाङ्ग्रा खुस्किए पनि सबै यात्रु सकुशल

khanepani

काठमाडौं । नेपालगञ्जबाट १३ जना यात्रु बोकेर डोल्पा उडेको सीता एयरको जहाज जुफाल विमानस्थलमा अवतरणका क्रममा दुर्घटना हुनबाट जोगिएको छ। आज बिहान ८:२५ बजे अवतरण गर्ने क्रममा जहाजको पछाडिपट्टि दायाँतर्फको एउटा पाङ्ग्रा खुस्किएको हो।

जहाजमा ७ जना विदेशी र ६ जना नेपालीसहित कुल १३ जना यात्रु (११ पुरुष र २ महिला) सवार थिए। पाङ्ग्रा खुस्किए तापनि चालक दलका सदस्य तथा सबै यात्रु पूर्ण रूपमा सकुशल रहेको जिल्ला प्रहरी कार्यालय डोल्पाका डीएसपी अनिलराज गिरीले जानकारी दिए।

प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालका अनुसार पाङ्ग्रामा समस्या आएपछि जहाज अहिले धावनमार्गमै रोकिएको छ। घटनालगत्तै प्राविधिक टोलीले जहाजको विस्तृत जाँच सुरु गरेको छ।

ranechhap