काठमाडौं । जापानमा जारी २०औं एशियाली खेलकुदमा नेपालले पहिलो पदक जितेको छ ।
नेपालको लागि करातेको कुमुतेतर्फ ८४ केजी माथिको तौल समुहमा नेपालका तेन्जिङ शेर्पाले कास्य पदक जितेका हुन् ।
बुधबार भएको कास्य पदकको खेलमा शेर्पाले लाओसका भथ्थाना छयासनलाई ९-१ ले पराजित गर्दै पदक जितेका हुन् ।
सेमिफाइनलमा इरानका महमुद निमातीसँग ५-० ले पराजित भएका तेन्जिङले नेपालको लागि कास्य पदक जितेका हुन् ।







































