वि.सं.२०८३ असार १३ शनिवार

बालुवाटारमा ओली-प्रचण्डसहित चार नेताको छलफल जारी

khanepani

काठमाडौं । पार्टीमा देखिएको विवादको निकास दिनेबारे नेपाल कम्युनिष्ट पार्टीका दुई अध्यक्ष केपी शर्मा ओली र प्रचण्डबीच प्रधानमन्त्री निवास बालुवाटारमा आज पनि छलफल भइरहेको छ।

बालुवाटार स्रोतका अनुसार सोमबार बिहान ९ बजेपछि भएको छलफलमा नेकपाका बरिष्ठ नेता झलनाथ खनाल र संसदीय दलका उपनेता सुवास नेम्वाङ पनि सहभागी छन्।

यी चार नेताबीच आइतबार पनि झन्डै तीन घन्टा बालुवाटारमा कुराकानी भएको थियो। आइतबार साँझ प्रचण्डले नेताहरूलाई ओलीसँगको छलफल सकारात्मक नभएको ब्रिफिङ गरेका थिए।

खुमलटारमा वरिष्ठ नेता झलनाथ खनाल, नेता माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठसँग भएको छलफलमा प्रचण्डले यस्तो जानकारी गराएका हुन्।

ranechhap