वि.सं.२०८३ असोज ६ मंगलवार

बाढी प्रभावितका लागि नयाँ सहर बनाउँछौं : पूर्वाधारमन्त्री लम्साल

khanepani

काठमाडौं । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले बाढी प्रभावित नागरिकका लागि नयाँ शहर विकासको योजना रहेको बताएका छन् ।
प्रतिनिधिसभा, विकास समिति बैठकमा बोल्दै मन्त्री लम्सालले बाढीले क्षतिग्रस्त बनाएकै स्थानमा पुन: बस्ती बसाल्न असम्भव रहेको बताए । ‘अब हामी नयाँ शहर बनाउने अवधारणामा जानेछौं,’ उनले भने, ‘अहिले भूकम्प भन्दा फरक तरिकाले जानुपर्ने छ, जुन स्थानमा क्षति भएको हो, त्यही स्थानमा फर्काउने योजना छैन ।’

उनका अनुसार त्यस्तो शहरमा सबै सुविधा उपलब्ध हुनेछ । उद्योग, अस्पताल, विद्यालयसहितका सुविधा समेटेर नयाँ शहर निर्माण गरिने र त्यसका लागि आवश्यक जग्गा खरीद गरेर जाने योजनामा सरकार रहेको उनले जानकारी दिए ।

यस बाढीले स्थानीय सरकारलाई विपद्सँग लड्न सुविधा सम्पन्न बनाउन आवश्यक रहेको पाठ सिकाएको समेत उनले जानकारी दिए ।

ranechhap