वि.सं.२०८३ असोज ४ आइतवार

राष्ट्रिय मुक्ति पार्टी नेपालको कार्यकारिणी समितिको बैठक केन्द्रीय कार्यालयमा जारी

khanepani

काठमाडौं । राष्ट्रिय मुक्ति पार्टी नेपालको कार्यकारिणी समितिको बैठक पार्टी केन्द्रीय कार्यालयमा आइतबार दिउँसो सुरु भएको छ ।

दुई दिनसम्म चल्ने बैठकमा पार्टी अध्यक्ष राजेन्द्र महतोले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल हुने भएको छ । साथै आगामी निर्वाचन, संगठन निर्माण तथा भावी कार्यक्रमका विषयमा पनि छलफल हुने पार्टीका महासचिव अनिल महासेठले बताए ।

बैठकले विभिन्न समिति गठन तथा पुनर्गठन गर्ने तयारीसमेत गरेको छ ।

संविधान दिवसको अवसरमा राष्ट्रिय मुक्ति पार्टी नेपालले हिजो आयोजना गरेको कार्यक्रमको पनि बैठकमा समीक्षा हुने महासेठले बताए ।
पछिल्लो समय केही व्यक्तिले पार्टीबाट राजीनामा दिएको विषयमा पनि बैठकमा समीक्षा तथा छलफल हुने बताइएको छ ।

ranechhap