वि.सं.२०८३ असोज ४ आइतवार

अशोकले आफ्नै मनको कुरा बोलेको हो, आरोप-प्रत्यारोप नगरौँ : नीता ढुंगाना

khanepani

काठमाडौं । अभिनेत्री नीता ढुंगानाले संगीतकार टंक बुढाथोकी र अशोक दर्जीबीचको विवादमा प्रतिक्रिया दिएकी छन् । अशोकको भनाइलाई लिएर आरोप प्रत्यारोप नगर्न उनको आग्रह छ ।

सामाजिक सञ्जालमा स्टाटस लेख्दै नीताले अशोक आफैंमा सक्षम र समझदार व्यक्ति भएको बताएकी छन् ।

उनले लेखेकी छन्, ‘भन्छन्- अशोकलाई कसैले सिकाएर यस्तो बोलायो, कसैले उक्साएर यस्तो बोलायो, कसैले यो गर्‍यो, कसैले त्यो गर्‍यो । तर मेरो बुझाइमा अशोक आफैंमा सक्षम र समझदार मान्छे हो । उसको आफ्नै विवेक छ, आफ्नै सोच छ ।’

अशोकले आफूले भोगेका र देखेका कुराहरू राम्रोसँग बुझेको उनी बताउँछिन् । अशोकले व्यक्त गरेको कुरा उनको आफ्नै मनको भनाइ हो भन्ने बुझिदिन उनले आग्रह गरी छन् ।

‘एक–अर्कालाई गाली गरेर, आरोप–प्रत्यारोप गरेर समस्या समाधान हुँदैन,’ उनी भन्छिन्, ‘हामी सबैले एक–अर्काको सम्मान गर्दै, संयमित भएर आफ्नो कुरा राख्न सक्यौँ भने त्यो नै राम्रो हुन्छ । अशोकको भनाइलाई पनि उसको आफ्नै विचारका रूपमा सम्मान गरौँ ।’

ranechhap