वि.सं.२०८३ असोज ४ आइतवार

भन्सार छलीको मदिरासहित भारतीय कार र २ जना प्रहरी नियन्त्रणमा

khanepani

रूपन्देही । भन्सार छलेर भारतबाट नेपालतर्फ ल्याउँदै गरेको अवैध मदिरासहित २ जना नवलपरासीमा पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय नवलपरासीका अनुसार आइतबार बिहान पाल्हीनन्दन गाउँपालिका-१ महेशपुरबाट यूपी ३२ युटी ५६८९ नं. को कारमा राखी मदिरा ल्याउँदै गरेको अवस्थामा कारसहित २ जनालाई चेकजाँचको क्रममा नियन्त्रणमा लिइएको हो ।

उनीहरूको साथबाट ओल्ड मङ्क रम २७४ थान बरामद गरेको छ । बरामद मदिराको अन्दाजी मूल्य ५ लाख ४८ हजार र कारको मूल्य ३५ लाख रूपैयाँ कायम गरिएको प्रहरीको भनाइ छ ।

डीएसपी मदन थापाले उनीहरूमाथि थप कारबाही अघि बढाएको बताए ।

ranechhap