काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलाको २१ सयले बढेर तोलाको ३ लाख ५ हजार २ सयमा कारोबार भइरहेको छ । यस अघि शुक्रबार सुन तोलाको ३ लाख ३ हजार १ सयमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मुल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको २० रुपैयाँले बढेर ४७९५ मा कारोबार भइरहेको छ । यसअघि शुक्रबार चाँदी तोलाको ४७७५ मा कारोबार भएको थियो ।






































