काठमाडौं । प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दा सुनुवाइका लागि पुनर्गठित संवैधानिक इजलासप्रति महान्यायाधिक्ता रमेश बडालले असहमति जनाएका छन् ।
इजलासमा सुनुवाइ शुरू भए लगत्तै महान्यायाधिवक्ताले यसअघिको इजलासमा भएका दुईजना न्यायाधीशलाई किन हटाइयो र आफैं छाडेका दुईजनालाई किन फेरि राखियो ? भन्दै प्रश्न उठाएका छन् ।
महान्यायाधिवक्ताले भने, ‘यसमा हाम्रो गम्भीर आपत्ति छ । अस्तिको विषयबाट हामी शुरु गर्छौं । अस्तिको इजलासमा भएकालाई किन हटाइयो ?’









































