वि.सं.२०८३ असोज २ शुक्रवार

पार्टी पुनर्गठन कार्यदलमा केपी ओलीले हस्तक्षेप गरे : याेगेश भट्टराई

khanepani

काठमाडौँ। नेकपा एमालेका सचिव योगेश भट्टराईले निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठनको प्रस्ताव तयार गर्न गठित कार्यदलमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले हस्तक्षेप गरेको आरोप लगाएका छन् ।

रिपोटर्स क्लबले शुक्रबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा भट्टराईले यस्तो बताएका हुन् ।

उनले कार्यदलको समझदारी अनुसार महासचिव शंकर पोखरेलले प्रतिवेदन तयार गरी सदस्यहरूलाई अध्ययनका लागि उपलब्ध गराएपनि अध्यक्षको असहमतिपछि छलफल अघि बढ्न नसकेको र त्यसको काउन्टरमा उपाध्यक्ष राम बहादुर थापालाई अर्को प्रतिवेदन लेख्न लगाइएको दाबी गरे ।

देशभरका सदस्यहरू, प्रदेश कमिटी, जनसङ्गठन र वरिष्ठ नेताहरूबाट सङ्कलित सुझावहरूमा साझा रूपमा ‘पार्टी पुनर्गठित हुनुपर्छ’ भन्ने आवाज उठेको उनको भनाइ छ ।

पार्टी नेतृत्वको हस्तान्तरण मार्फत पार्टीलाई पुनर्जागृत गर्नुपर्ने समेत सचिव भट्टराईले बताए। एमाले यथास्थितिमा रहन नसक्ने भन्दै नीति, सङ्गठनात्मक ढाँचा, कार्यशैली, बोली–वचनको पुनरावलोकन र नेतृत्वको हस्तान्तरण मार्फत पार्टीलाई पुनर्जागृत गर्नुपर्ने बताए ।

साथै उनले वर्तमान सरकार गठन भएको करिब ६ महिना पुग्न लागेको सन्दर्भमा सरकारको समग्र गति र मति सही ट्रयाकमा नरहेको टिप्पणी गरे । सरकारले सहजकर्ताको भूमिका खेल्नुको सट्टा त्रास, भय र आतङ्क सिर्जना गरेर शासन गर्न खोजेको उनले आरोप लगाए।

ranechhap